Tuesday, April 13, 2010
संविधान निर्माणका विषयमा म गम्भीर भएको छु......
नयाँ वर्ष २०६७ सालको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारबाट शुभकामना दिनुहुँदै प्रधानमन्त्री माधवकुमार नेपाल । सो अवसरमा उहाँले प्रधानमन्त्री माधवकुमार नेपालले दलहरूका बीचमा राज्यको पुनःसंरचना, शासकीय स्वरूप, शासन प्रणालीजस्ता विषयमा सहमति कायम नभएका कारण संविधान निर्माणको प्रक्रियाले गति लिन नसकेको बताउनुभएको छ । देशवासीका नाममा आज शुभकामना दिँदै प्रधानमन्त्री नेपालले आफू संविधान निर्माणका विषयमा गम्भीर भएको र आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सम्पूर्ण राजनैतिक दलहरूलाई आग्रह गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment