Tuesday, April 13, 2010
संविधान निर्माणका विषयमा म गम्भीर भएको छु......
नयाँ वर्ष २०६७ सालको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारबाट शुभकामना दिनुहुँदै प्रधानमन्त्री माधवकुमार नेपाल । सो अवसरमा उहाँले प्रधानमन्त्री माधवकुमार नेपालले दलहरूका बीचमा राज्यको पुनःसंरचना, शासकीय स्वरूप, शासन प्रणालीजस्ता विषयमा सहमति कायम नभएका कारण संविधान निर्माणको प्रक्रियाले गति लिन नसकेको बताउनुभएको छ । देशवासीका नाममा आज शुभकामना दिँदै प्रधानमन्त्री नेपालले आफू संविधान निर्माणका विषयमा गम्भीर भएको र आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सम्पूर्ण राजनैतिक दलहरूलाई आग्रह गर्नुभयो ।
यी सबै न्यून गुणस्तरका घिउ
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौले मंगलबार डाँछी विनायक डेरी उद्योग, (डिविडि) ब्राण्डको न्यून गुणस्तर घिउ र सगरमाथा व्राण्डको व्याच नं ४२ का न्यून गुणस्तरका घिउ ७०३ केजी नष्ट गरेको छ । आषिश ज्ञवाली
जिउँदा मान्छेका मुर्दाजुलुस
देशलाई गृहयुद्धमा फसाउन खोजेको, विदेशी प्रभुहरुको सहयोगमा राष्ट्रियतामाथि धावा बोलेको ,संविधान जेठ १४ गते नवनाउने षड्यन्त्र गरेको, हारेर पनि सत्तामा लाज नमानी वसिरहेको भन्दै एमाले सम्बद्ध अनेरास्ववियु, प्ररायुसंघ र किसान महासंघले निकालेको मुर्दाजुलुसको एक दृश्य । नेपालको गोरखा जिल्लामा निकालिएको यो जुलुसमा सरकारको नेतृत्व गरिरहेको एकदल नेकपा एमालेको जिल्ला, अञ्चल र केन्दि्रय स्तरका २६ जना कार्यकर्ता र पहेंलो र सेता कात्रो ओडेर आधा घण्टा सम्म गोरखाको मुख्य सडकमा लास जसरी नै लडेका थिए । आधा घण्टा पछि उठेर संविधान नवनाउन र शान्तिलाईबीचैमा तुहाएर नेपाली जनतालाई धोका दिन वर्तमान सरकार लागि परेको बताएका थिए । राजेन्द्र न्यौपाने गोरखा
Tuesday, October 27, 2009
माओवादी राज्यसत्ता कब्जा गर्न सक्रिय: मन्त्री रिजाल
भैरहवा–संविधानसभा,संसदीय व्यवस्था,संघीय मामिला तथा संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले माओवादी असंवैधानिक ढंगबाट राज्यसत्ता कब्जा गर्न सक्रिय भएको आरोप लगाउनु भएको छ।
आज भैरहवामा आयोजित साक्षात्कारमा बोल्दै सडक संघर्षको उद्देश्य पनि राज्यसत्ता कब्जा गर्नकै लागि रहेको बताउनु भएको हो।
उहाँले भन्नुभयो, माओवादी चाहना राज्यसक्ता कब्जा गर्ने नै हो, त्यो कहिले पूरा हुनेछैन ।' माओवादीको सडक सघर्षबाट सरकार नबन्ने बताउनु भयो । 'माओवादीको चाहनाले हुने भए उहिलेनै सरकार ढलिसक्ने थियो,' मन्त्री रिजालले भन्नु भयो, 'माओवादीले अव थाल्ने आन्दोलनले पनि सरकारलाई कुनै फरक पर्दैन ।'
संविधान वनाउन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार हदैसम्म लचिलो भएको भए पनि यसलाई माओवादीले कमजोरी ठाने कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो । बजेट पारित गर्न शान्ति सुरक्षा काम गर्न माओवादीको आन्दोलनसामु सरकारले घुडा नटेक्ने स्पष्ट पार्नुभयो । माओवादी आन्दोलनमा जनसमर्थन नभएको उसका विगतका आन्दोलनले नै स्पष्ट पारिदिएको बताउनु भयो ।
माओवादीको उद्देश्य लोकतान्त्रि संविधान वनाउने नभएको आरोप लगाउनु भयो। संसदमा वहुमत पुर्याएर सरकार गठन गर्न चुनौती दिदैं संसद छोडेर सरकार गठन हुन नसक्ने स्पष्ट पार्नुभयो।

Subscribe to:
Posts (Atom)